अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४२ | Colorodo: 00:57

पत्रकार पन्त अमेरिकामा लुम्बिनी र सगरमाथा चिनाउँदै

बिआरटीनेपाल २०७६ असोज ५ गते ९:४३ मा प्रकाशित

रुपन्देहीका पत्रकार चेतन पन्तले आफ्नो अमेरिका पारिवारीक भ्रमणको क्रममा गौतम बुद्धको जन्मस्थल लुम्विनी र सगरमाथाको प्रचारमा जुट्नुभएको छ । अमेरिकाका विभिन्न राज्यको अवलोकन भ्रमण गर्दै पन्तले लुम्बिनी र सगरमाथाका तस्बिर पनि घुमाउनुभएको हो । तस्वीरको प्रदर्शन सहित पन्तले अमेरिकी नागरिकलाई नेपाल घुम्न निम्तो दिनुभएको छ । भ्रमणमा नेपाल भ्रमण वर्ष २०२० को प्रचार गर्दै पत्रकार पन्तले अमेरिकी नागरिकलाई विश्व शान्तिका प्रतीक गौतम बुद्धको जीवनीबारे जानकारी दिंदै भ्रमणको निम्तो दिनुभएको हो ।

दुई दशक बढी पत्रकारिता गर्नुभएका पन्त लुम्बिनी प्रचारक अभियन्ता समेत हुनुहुन्छ । भ्रमणका क्रममा उहाँले आफ्नै खर्चमा नेपाली र अंग्रेजी भाषाको वृत्तचित्र बनाएका छन् । वृत्तचित्रमा लुम्बिनीको आध्यात्मिक महत्व, इतिहास, यहाँका मन्दिर, बिहारको आकर्षक झलक देखाइएको छ । पन्तले यसअघि थुप्रै मुलुकको भ्रमण गरी लुम्बिनीको प्रचार गर्दै आउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू