अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०५ | Colorodo: 09:20

इरानमाथि जवाफी कारवाही गर्ने साउदी अरबको चेतावनी

बिआरटीनेपाल २०७६ असोज ५ गते ९:४० मा प्रकाशित

साउदी अरबले हालै तेल प्रशोधन केन्द्रमा भएको आक्रमणमा इरानको हात रहेको भन्दै जवाफी कारबाही गर्ने चेतावनी दिएको छ । साउदी अरबका पराराष्ट्र राज्यमन्त्री आदेल अल जुबेरले इरानको हतियारहरु भेटिएको प्रष्ट पार्दै यसको छानबिन गर्ने बताउनुएको छ । अमेरिकाले साउदी अरबमा अमेरिकी सेना पठाएपछि रुष्ट बनेको इरानले बदलास्वरुप आक्रमण गरेको उहाँको भनाइ छ ।

साउदी अरबको अब्काइक तेल प्रशोधन केन्द्रमा दुई साता अघि आक्रमण हुँदा त्यसको असर विश्वभर परेको छ । यता, इरानले भने आक्रमणमा आफूहरुको संलग्नता नभएको बारम्बार दोहो¥याउँदै आएको छ । इरानका विदेशमन्त्री मोहमद जवाद जारिफले साउदी अरबले अनाहकमा आफूहरुलाई कारबाही गर्ने धम्की दिएको भन्दै आपत्ति जनाउनुभउको छ । यसअघि साउदी अरबका राजकुमार मोहमद बिन सलमानले इरानमाथि कारबाही गर्नुपर्ने धारणा राख्दै इरानको रवैयाका कारण युद्ध निम्तन सक्ने चेतावनीसमेत दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू