अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३५ | Colorodo: 08:50

नीति निर्माताले सही योजना बनाउन नसक्दा ट्राफिक जामको समस्या– गृहमन्त्री थापा

बिआरटीनेपाल २०७६ असोज ५ गते ९:३७ मा प्रकाशित

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले नीति निर्माताले सही ढंगले विकासका योजना निर्माण गर्न नसकेकाले ट्राफिक जामको समस्या भएको बताउनुभएको छ । बढ्दो सहरीकरणसँगै उपत्यकामा देखिएको ट्राफिक जामको समस्यालाई हल गर्न विकासको नीतिलाई सच्याउनु पर्ने उहाँको भनाइ छ ।

महानगरीय ट्राफिक महाशाखा, रामशाहपथले आइतबार आयोजना गरेको ‘ट्राफिक स्वयंसेवक परिचालन’ शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले सहरीकरणसँगै बढ्दो ट्राफिकको समस्या देखा परेकोले यो समस्यालाई हल गर्नका लागि मुलुकको विकासको नीतिलाई पुनर्विचार गर्नुपर्ने ठहर गर्नुभयो ।

ट्राफिकसम्बन्धी विषयलाई विकासको योजनासँग जोडेर हेर्नु जरुरी रहेको उल्लेख गर्दै उहाँले विकासका नीति निर्माता र योजनकारहरुलाई त्यस दिशामा सोच्न पनि आग्रह गर्नुभयो । कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ट्राफिक व्यवस्थापनको कार्यमा धेरै सुधार भएको बताउनुभयो । खनालले ट्राफिक व्यवस्थापन र नियन्त्रणका लागि पद्धति बसाल्ने काम भइरहेको बपनि बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू