अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१५ | Colorodo: 20:30

गणतन्त्र रक्षाका लागि सवै दल एकै ठाउँमा – प्रचण्ड

बिआरटीनेपाल २०७६ असोज ५ गते ९:३६ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका निम्ति सबै राजनीतिक दलहरु एकै ठाउँमा रहेको बताउनुभएको छ । थारु समुदायको जितिया पर्वमा सहभागी हुन आईतवार सुनसरी पुग्नुभएका उहाँले अहिलेको परिवर्तन र प्रणालीलाई खतरा आयो भन्ने कुरा सत्य नरहेको ठहर गर्दै तर अराजक गतिविधिहरु भने बढेको स्विकार गर्नुभयो ।

पछिल्लो समय बढेका अराजकताहरुको प्रतिवाद सबै राजनीतिक दलहरुले र सरकारले गर्नुपर्छ भन्ने संसदमा सहभागी राजनीतिक दलहरुबीच सझदारी बनेको उहाको भनाई थियो । अध्यक्ष प्रचण्डले भ्रष्टाचार नियन्त्रणमा सरकार र पार्टी अगाडि बढिरहको भन्दै संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका निम्ति सबै राजनीतिक दलहरु एकै ठाउँमा रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू