अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३५ | Colorodo: 06:50

नेपाली संस्कृति तथा सद्भावना राजदूतको मानार्थ उपाधिले विदेशमा बस्ने चार जना नेपालीहरू सम्मानित

बिआरटीनेपाल २०७६ असोज ५ गते ९:११ मा प्रकाशित

नेपाली संस्कृति तथा सद्भावना प्रतिष्ठानले विभिन्न माध्यमबाट नेपाली संस्कृति तथा परम्परागत विश्वासहरूलाई विश्व सामु प्रस्तुत गर्दै आआफ्नो क्षेत्रबाट विशेष योगदान दिँदै आएका विदेशमा बस्ने चार जना नेपालीहरूलाई नेपालको चौथो संविधान दिवसको अवसरमा आज ‘नेपाली संस्कृति तथा सद्भावना राजदूत’ को मानार्थ उपाधिले सम्मान गरेको छ।

नेपाली संस्कृति तथा सद्भावना राजदूतको मानार्थ उपाधिले सम्मानित हुने नेपालीहरूमा मदन दवाडी (बेल्जियम), डा. मन मूर्ति भुर्तेल (रसिया), राजन काफ्ले (आयरल्यान्ड) र मिलन घिमिरे (थाईलैण्ड), हुनुहुन्छ ।

नेपाली संस्कृति तथा सद्भावना प्रतिष्ठानले हालसम्म दिनेश बाला श्रेष्ठ (इटली), दीपक न्यौपाने (बेल्जियम), निर्मल अर्याल (फ्रान्स), वसन्त रानाभाट (स्पेन), विजय थापा (अमेरिका), पुरु जोशी (दक्षिण कोरिया), जीवन प्रसाईँ (स्पेन), डा. एलिनी पोखरेल सुबेदी (पोल्यान्ड), योगिता थापा (बेल्जियम) र लक्ष्मी लामा गुरुङ (दक्षिण कोरिया) लाई यस उपाधिले सम्मानित गरी सकेको छ।

नेपाली संस्कृति तथा सद्भावना राजदूतको मानार्थ उपाधिले सम्मानित भएका सबै व्यक्तिहरू स्वतः यस प्रतिष्ठानको सदस्य रहने परम्परा रहेको जानकारी प्रतिष्ठानका अध्यक्ष तथा रोमानियाका लागि नेपाली अवैतनिक वाणिज्य दूत नवराज पोखरेलबाट प्राप्त भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू