अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४५ | Colorodo: 10:00

नेकपा सचिवालय बैठक – ६ महानगरले पाए अध्यक्ष र सचिव

बिआरटीनेपाल २०७६ असोज ४ गते ९:५४ मा प्रकाशित

शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले ६ वटा महानगरपालिकाको अध्यक्ष र सचिव टुंगो लगाएको छ ।

बैठक सकिएपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले ६ वटा महानगरमा अध्यक्ष र सचिव टुंगो लगाइएको र सांगठनिक एकीकरणका बाँकी काम अर्को बैठकले टुंगो लगाउने जानकारी दिनुभयो ।

काठमाडौँ महानगरपालिकामा अध्यक्षमा निर्मल देउला र सचिवमा रवीन्द्र श्रेष्ठ छानिनुभएको छ भने ललितपुर महानगरपालिकामा मन्जली शाक्य अध्यक्ष र ज्ञानेन्द्र शाक्य सचिव बन्नुभएको छ ।

त्यस्तै बीरगंजमा रहबर अन्सारी र विश्वम्भर शर्मा, विराटनगरमा सागर थापा र हेम कार्की, पोखरामा दीपक पौडेल र विश्वप्रकाश लामिछाने, भरतपुरमा रामप्रसाद न्यौपाने र ईश्वर सापकोटा क्रमशः अध्यक्ष र सचिव चयन हुनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू