अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४८ | Colorodo: 04:03

वर्नेमाउथ इङ्लिस प्रिमियर लिगको तेस्रो स्थानमा उक्लियो

बिआरटीनेपाल २०७६ असोज ४ गते ९:५० मा प्रकाशित

वर्नेमाउथ ईङ्लिस प्रिमियर लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा पहिलो पटक साउथह्याम्टनलाई ३–१ गोल अन्तरले पराजित गर्दै वर्नेमाउथ शीर्ष तीनमा उक्लिएको हो ।

नाथन एकेले १० औ मिनेटमा गोल गर्दै वर्नेमाउथलाई सुरुवाती अग्रता दिलाएका थिए । डिएगो रिकोको कर्नरलाई सदुपयोग गर्दै उनले हेडमार्फत गोल गरेका थिए । त्यसैगरी ह्यारी विल्सनले ३५ औ मिनेटमा अग्रतालाई दोब्बर बनाए ।

जेम्स वार्ड प्राउसले ५३ औ मिनेटमा पेनाल्टीमा गोल गर्दै घरेलु टोली साउथह्याम्टनको गोल अन्तर घटाउन सफल भएका थिए । कालुम विल्सनले ईन्जुरी समयमा गोल गर्दै वर्नेमाउथको जित सुनिश्चित गरेका थिए ।

वर्नेमाउथ ६ खेलबाट १० अंक बनाएर तालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने साउथह्याम्टन ७ अंकसहित ११ औ स्थानमा छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू