अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४० | Colorodo: 03:55

अमेरिकामा पर्यटक बस दुर्घटना हुँदा चारजनाको मृत्यु, पाँचजना गम्भीर घाइते

बिआरटीनेपाल २०७६ असोज ४ गते ९:४३ मा प्रकाशित

अमेरिकाको युटा राज्यमा पर्यटक सवार बस दुर्घटना हुँदा कम्तिमा चारजनाको मृत्यु भएको छ । चिनियाँ पर्यटक सवार बस दुर्घटनामा कम्तिमा पाँचजना गम्भीर घाइते भएका छन् ।

बाटो छेउको रेलिङ्गमा ठोक्किएर बस दुर्घटना भएको हो । दुर्घटनाको कारण बारे अनुसन्धान भइरहेको सरकारी अधिकारीले बताएका छन् । घाइतेलाई तीनवटा हेलिकप्टर तथा आपतकालीन उद्धारका सवारी साधन पुगेका थिए ।

घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घाइते तथा ज्यान गुमाउनेहरु सबै चिनियाँ रहेको जनाइएको छ । बसका चालक भने चिनियाँ मुलका अमेरिकी रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू