अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५४ | Colorodo: 02:09

बुर्ज खलिफामा फहराइयो नेपालीको शान राष्ट्रिय झण्डा

बिआरटीनेपाल २०७६ असोज ४ गते ९:३९ मा प्रकाशित

संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईस्थित संसारकै अग्लो भवन बुर्ज खलिफामा नेपालको झण्डा फहराइएको छ । संविधान दिवसको अवसर पारेर सो भवनमा रहेको लाइट अपमा नेपाली राष्ट्रिय झण्डा फहराइएको हो ।

स्थानीय समय अनुसार शुक्रबार राती ९.१० बजे बुर्ज खलिफामा झन्डा राखिएको युएईस्थित नेपाली राजदूतावासले जनाएको छ । ‘संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६ को सुखद अवसरमा संयुक्त अरब इमिरेट्सको दुबईमा रहेको संसारकै सबैभन्दा अग्लो भवनमा पहिलो पल्ट नेपालको राष्ट्रिय झन्डा झलमलायो (लाइट अप) भयो, दुतावासले भनेको छ, ‘दर्जनौं देशका हजारौ मान्छेले नेपालको राष्ट्रिय झन्डा फरफराएको (लाइट अप भएको) अवलोकन गरे। हाम्रो अनुरोधलाई स्वीकार गरी यस अभूतपूर्व कार्यमा सहयोग गर्ने संयुक्त अरब इमिरेट्स सरकारलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।

यसैविच, आबुधाबी नेसनल ओइल कम्पनी’ले पनि ७५ औ तल्लाको आफ्नो केन्द्रीय कार्यालय आबुधाबीमा रहेको भवनमा नेपाली झण्डा फहराएको थियो ।शुक्रबार साँझ यूएईको समयअनुसार सात बजेदेखि बिहान १ बजेसम्म झण्डा फहराइएको थियो । भवनको ३ तल्लाबाट ६५औँ तल्लासम्म झण्डै २ सय मिटर लामो नेपाली झण्डा झलमलाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू