अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४३ | Colorodo: 10:58

राजनीतिक प्रतिवेदन सम्पादनमा लैजाने नेकपाको निर्णय, राजनीतिक अवस्थाका बारेमा पनि छलफल

बिआरटीनेपाल २०७६ असोज ४ गते ९:२६ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकमा अध्यक्षद्धयले पछिल्लो राजनीतिक अवस्थाका बारेमा बिफिङ गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालयको बैठकमा प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो युरोप भ्रमणका बारेमा जानकारी गराउनु भएको हो ।

यस्तै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक अवस्थाका बारेमा सदस्यलाई जानकारी गराउनु भयो । यद्यपी सचिवालय बैठकले राजनीतिक प्रतिवेदनलाई सम्पादनमा लैजाने निर्णय गरेको छ । बैठकले राजनीतिक प्रतिवेदनलाई सम्पादनका लागि पठाउने निर्णय गरेको महासचिव बिष्णु पौडेलले जानकारी दिनुभयो ।

एकता प्रक्रिया छिटो टुङ्गयाउने बिषयमा छलफल भएपनि कुनै निर्णय भने नभएको नेताहरुले बताएका छन् । प्रधानमन्त्री मुस्लिम संघको कार्यक्रममा जानुपर्ने भएकाले बैठक चाडै सकिएको पनि नेताहरुले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू