अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३४ | Colorodo: 13:49

राजपा धनुषाले १५ मिनेट ‘ब्लाक आउट’ गर्ने

बिआरटीनेपाल २०७६ असोज २ गते १०:१२ मा प्रकाशित

राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल धनुषाले संविधान दिवसको विरोधमा १५ मिनेट ‘ब्लाक आउट’ गर्ने भएको छ। राजपा धनुषा अध्यक्ष मण्डलका संयोजक प्रमोद यादवले विज्ञप्ति जारी गरी असोज ३ गते शुक्रबार १५ मिनेट ‘ब्लाक आउट’ गर्ने जनाएको छ।

साँझ ७ बजेदेखि ७ः१५ बजेसम्म ‘ब्लाक आउट’ गरेर संविधानको विरोध गर्ने विज्ञप्तिमा उल्लेख छ। ब्लाक आउटअघि दिउँसो ४ बजे जनकपुरको जनक चोकबाट संविधान दिवसको विरोधमा र्याली निकाल्ने राजपाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू