अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४१ | Colorodo: 12:56

जनयुद्धका डिभिजन कमान्डर नेपाली सेनाको सहायक रथीमा बढुवा

बिआरटीनेपाल २०७६ असोज २ गते १०:०९ मा प्रकाशित

सरकारले सेना समायोजमा पूर्व लडाकुका तर्फबाट प्रतिनिधित्व गर्ने जनमुक्ति सेनाका तत्कालिन डिभिजन कमान्डर यमबहादुर अधिकारीलाई नेपाली सेनाको महासेनानी (फुल कर्णेल) बाट सहायक रथी (ब्रिगेडियर जनरल) मा बढुवा गरेको छ। सरकारले ४ वर्षका लागि विशेष पद सिर्जना गरेर अधिकारीलाई सहायक रथीमा बढुवा गरेको हो।

आज सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले महासेनानी अधिकारीलाई सहायक रथीमा बढुवा गरेको जानकारी दिनुभएको हो । माओवादी शान्ति पक्रियामा आएपछि अधिकारी सात शिविरमध्ये इलामको चुलाचुली शिविरका कमान्डर हुनुहुन्थ्यो ।

सेना समायोजनमा समाहित हुनुभएका अधिकारी उपसेनानी बन्नुभएको थियो । त्यसपछि, सेनानी, प्रमुख सेनानी, महासेनानी हुँदै अधिकारी सहायक रथिमा बढुवा हुनुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू