अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३९ | Colorodo: 19:54

रोवर्ट ओब्राएन अमेरिकाको नयाँ राष्ट्रिय सुरक्षा सल्लाहाकार नियुक्त

बिआरटीनेपाल २०७६ असोज २ गते १०:०७ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गर्नुभएको छ । केहीदिन अगाडि तत्कालीन सुरक्षा सल्लाहकारलाई हटाएपछि खाली भएको ठाउँमा राष्ट्रपति ट्रम्पले रोबर्ट ओब्राएनलाई नियुक्त गर्नुभएको हो । लस एन्जलसमा संवाददाताहरुसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले आफु रोबर्टसँग लामो समय कडा काम गरेको र अहिले पनि उनले आफ्नो जिम्मेवारी राम्रोसँग पूरा गर्नेमा विश्वस्त रहेको बताउनुभयो ।

गत हप्ता ट्रम्पले तत्कालीन सुरक्षा सल्लाहकार जोन बोल्टनलाई जिम्मेबारीबाट हटाउनुभएको थियो । राष्ट्रपति ट्रम्पले अहिलेसम्म आफूले नियुक्त गरेका दर्जनभन्दा बढी पदाधिकारीहरूलाई बर्खास्त गरिसक्नुभएको छ भने कतिपयले उनीसँग काम गर्न नसकेको भन्दै राजीनामा दिएका छन् ।

विदेश मन्त्रालयमा कार्यरत नवनियुक्त राष्ट्रिय सुरक्षा सल्लाहाकार रोवर्टसँग बैदेशक मामिलाबारे लामो अनुभव रहेको बताईन्छ । आप्रवासन सम्बन्धि नीति र इरानसँगको तनावसँग कसरी जुध्ने भन्ने विषय रोवर्टको पहिलो जिम्मेवारी हुने छ ।

नियुक्तिपछि संवाददाताहरु बोल्दै राष्ट्रिय सुरक्षा सल्लाहाकार रोवर्टले थुप्रै चुनौतीहरुको सामना गर्नु परे पनि आफुसँग सहकार्य गर्ने ठूलो टिम रहेको बताउनुभयो । सुरक्षित अमेरिका र सेनाको क्षमता अभिबृद्धिका लागि राष्ट्रपति ट्रम्पसँग मिलेर काम गर्ने उहाँको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू