अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५९ | Colorodo: 14:14

तेल कम्पनीमा इरानले आक्रमण गरेको साउदी अरबको आरोप

बिआरटीनेपाल २०७६ असोज २ गते ९:४९ मा प्रकाशित

साउदी अरबले आफ्ना दुई वटा तेल उत्पादन तथा प्रशोधन केन्द्रमा भएको ड्रोन हमलामा इरानकै संलग्नता रहेको आरोप लगाएको छ । आक्रमणमा प्रयोग गरिएको ड्रोन र मिसाइलका अवेशषबाट यसमा इरानको संलग्नता पुष्टि हुने उसको दावी छ ।

यमनमा सशस्त्र संघर्ष गर्दै आएको हुथी विद्रोहीले आक्रमणको जिम्मा लिएपनि उसँग यो स्तरको हतियार र प्रविधि नभएको तर्क साउदी अरव र अमेरिकाले लगाउँदै आएका छन् । इरानले भने घटनामा आफ्नो कुनै संलग्नता नरहेको प्रतिक्रिया दिदै आएको छ ।

साउदी सरकारी कम्पनी ‘आरम्को’ बाट सञ्चालित मूख्य दुई तेल उत्पादन केन्द्रमा अघिल्लो शनिवार ड्रोन तथा मिसाइल आक्रमण भएपछि साउदी अरबियाले तेल उत्पादनमा आधा कटौती गरेको थियो । यसले अन्तराष्ट्रिय बजारमा तेलको मूल्य ह्वात्तै बढाएको थियो । आक्रमणमा कम्तिका १८ वटा मानवरहित ड्रोन तथा केही मिसाइल प्रयोग भएको साउदी अरबियाको जिकिर छ ।

यी हतियार इरानमा निर्माण गरिएको र आक्रमण पनि यमनबाट नभएर इरानबाटै गरिएको उसको दावी छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू