अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४२ | Colorodo: 07:57

“कसैलाई रहर लाग्दैमा संविधान संशोधन हुँदैन ”– सरकारका प्रवक्ता मन्त्री बाँस्कोटा

बिआरटीनेपाल २०७६ असोज २ गते ९:४१ मा प्रकाशित

नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले कसैलाई रहर लाग्दैमा संविधान संशोधन नहुने बताउनुभएको छ । बिहीबार सरकारका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बास्कोटाले भन्नुभयो “बाटोमा हिँड्दै गर्दा कसले के सपना देख्छ अनि संविधान संशोधन गरौं भन्यो भन्दैमा संविधान संशोधन हुँदैन । संविधान रहर लागेर संशोधन हुने विषय होइन । यो आवश्यकता र औचित्यका आधारमा संशोधन हुन्छ ।“

सरकार विरोधी तत्वतर्फ संकेत गर्दै बाँस्कोटाले केहीलाई संविधान पूरै मन नपरेको उल्लेख गर्दै भने, “कसैलाई त यो संविधान त पूरै मन परेको छैन । उनीहरुले केही भन्न र गर्नमात्र नसकेको टिप्पणी गर्नुभयो ।

संविधान परिवर्तनीय दस्तावेज भएको समेत स्विकार गर्दै मन्त्री बाँस्कोटाले राष्ट्रको जीवनमा कहीं असर पार्छ भने त्यसलाई संशोधन गर्न सकिने स्पष्ट पार्नुभयो । सत्तामा जान लालाहित पनि हुने र संविधान पनि नमान्ने कुरा वर्तमान सरकारका लागि ग्राह्य नहुने उहाको भनाई थियो । सरकारमा बस्नेले संविधान मान्नुपर्ने र सरकारले पनि संविधानको पूर्णपालना गर्नुपर्ने बाँस्कोटाको ठहर थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू