अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२९ | Colorodo: 17:44

सरकारले संविधानको मर्म र भावना विपरीत काम गर्न थालेको काँग्रेसको आरोप

बिआरटीनेपाल २०७६ असोज २ गते ९:४१ मा प्रकाशित

प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकार संविधानको मर्म र भावना विपरीत काम गर्न थालेको आरोप लगाउनुभएको छ । प्रतिनिधिसभाको बजेट अधिवेशन अन्त्यको पूर्वसन्ध्यामा आजको बैठकमा सभापति देउवाले सरकार गठन भएको डेढ वर्ष बितिसक्दा समेत संविधानप्रति अपनत्व र सर्वस्वीकार्यता गर्ने कार्यमा सरकार असफल भएको दाबी गर्नुभयो ।

संविधान विपरीत न्यापालिकामाथि हस्तक्षेप गर्ने काम सरकारबाट भएको सभापति देउवाको आरोप थियो । सरकार मानवअधिकार आयोग जस्तो स्वतन्त्र निकायमाथि समेत नियन्त्रण गर्ने काममा लागिपरेको देउवाको भनाइ छ । संविधानले तीन वटै तहबीच अधिकार बाँडफाँडको कुरा उल्लेख छ, तर यो सरकारले त्यसमा पनि चुकेको छ,’ उहाँले भन्नुभयो ।

इतिहासकै सबैभन्दा ठूलो भ्रष्टाचार घटनाको प्रकरण यो सरकारको पालीमा भएको भन्दै सभापति देउवाले संविधान विपरीत प्रेसलाई नियन्त्रण गर्ने, वैदेशिक निति, बलात्कारका घटनाहरुमा पीडितलाई न्याय दिने जस्ता कार्यमा असफल भएको बताउनुभयो । सरकार गठनको डेढ बर्ष पुग्दासम्म संविधानको सर्वस्वीकार्यता कायम गर्दै संविधानको मर्म र भावना अनुरुप संघीयता कार्यान्वयनको बाकी कार्यभार पुरा गर्न असफल हुनु अन्त्यन्तै दुखद् भएको देउवाले बताउनुभयो ।

वाईडवडी, न्यारो वडी, सुनकाण्ड, बालुवाटार जग्गा प्रकरण लगायतले सबै भन्दा ठूलो भ्रष्टाचारका घटना वर्तमान सरकारको समयमा भएको पुष्टीभएको भन्दै उनले सम्पुर्ण राज्य संरचना नै भ्रष्टिकरण उन्मुख भएको उहाँले दाबी गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू