अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२५ | Colorodo: 02:40

नेपालमा ‘वामपन्थिकरण’ रोक्न अमेरिकामा बस्दै आएकाहरुको सतर्कता अभियान शुरु

बिआरटीनेपाल २०७६ असोज १ गते ९:११ मा प्रकाशित

अमेरिकामा बस्दै आएका लोकतान्त्रिक आस्थाका पक्षधरहरुले लोकतन्त्रका लागि सर्तकता अभियान सुरु गरेका छन् ।

नेपाल सरकारका पछिल्ला गतिविधिहरुले लोकतान्त्रिक परिपाटीलाई नै चुनौती दिएको तथा लोकतान्त्र जोखिममा परेको देखिएकाले आफूहरुले विभिन्न चरणको छलफलपछि लोकतन्त्रका लागि सतर्कता अभियान सुरु गरेको उनीहरुले जारी गरेको विज्ञप्तिमा दाबी गरिएको छ ।

नेपाली कांग्रेस निकट वा नेपाली कांग्रेसप्रति आफ्नो आस्था राख्नेहरुले सुरु गरेको अभियानको मुल उद्देश्य देशलाई वामपन्थिकरण हुनबाट रोक्नु रहेको विज्ञप्तिमा उल्लेख छ । यसका लागि नेपाली कांग्रेसलाई निरन्तर रुपमा सहयोग गर्ने र लगातार घचघच्याउने डा. सुनम पराजुलीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया