अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३३ | Colorodo: 07:48

इयुको संसदमा पाकिस्तानको विरोध

बिआरटीनेपाल २०७६ असोज १ गते ९:१३ मा प्रकाशित

भारतको केन्द्रीय सरकारले अनुच्छेद ३७० को खारेज गरेको विषयमा युरोपियन युनियनले समर्थन गरेको छ । बुधबार बसेको युरोपियन युनियनको संसदीय बैठकमा पोल्याण्ड र इटालीले भने पाकिस्तानको विरोध गरेका हुन्। भारत र पाकिस्तानको जम्मू– कश्मीर मुदा समस्या समाधानको लागि दुवै पक्ष तयारी हुनुपर्ने बताएका छन्। पोल्याण्डको कन्जरभेटिभ एण्ड रिफर्मिस्ट समूहले भारतको लोकतन्त्र विश्वमा सर्वोत्कृष्ट रहेको बताएको छ ।

“हामीले आतंक गतिविधि जस्तो भइरहेको छ त्यो जम्मू–कश्मीरमा भइरहेको छ”, कन्जरभेटिभ समूहको दाबी छ । हिन्दुस्तानमा आतंकको डर चन्द्रमाबाट छैन । भारतलाई छिमेकी राष्ट्रबाट समस्या भइरहेको छ। हामी जसरी भएपनि भारतको समर्थन गर्ने कन्जरभेटिभ समूहका सांसदले बताएका छन्। पाकिस्तानले सधैभरि परमाणु हतियारको व्यवस्था गर्ने धम्कि दिइरहेको युरोपियन पीपल्स पार्टीका नेता फुलवियो मार्तुसिएलोले बताएका छन् ।

’पाकिस्तान यस्तो देश हो, जहाँ बाट युरोप सम्म आक्रमण गर्ने योजना बनाएर बस्छ,’ उनले भने। पाकिस्तनमा दैनिक मानव अधिकार उल्लंघनका घटना भइरहेको मार्तुसिएलोको भनाइ छ । पाकिस्तानले जम्मू कश्मीरको विषयमा संयुक्त राष्ट्र सुरक्षा परिषदमा पत्र लेखेर हस्तक्षेप गर्न माग गरेको छ । युएन महासचिव गुटेरेसले यो मुदालाई लिएर कोही पनि मध्यस्थता नगर्ने बताउनुभएको छ । जम्मू कश्मीरको मुदा शान्तिपूर्ण तरिकाले समाधान गर्नको लागि समाधान हुनुपर्ने महासचिव गुटुरेसको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू