अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३७ | Colorodo: 16:52

च्याम्पियन्स लिगमा नेइमारको प्रतिबन्ध घट्यो

बिआरटीनेपाल २०७६ असोज १ गते ९:०८ मा प्रकाशित

फ्रेन्च क्लब पिएसजीका ब्राजिलयन फरवार्ड नेइमारलाई युरोपियन च्याम्पियन्स लिगमा लगाइएको ३ खेलको प्रतिबन्ध घटाइएको छ। गत वैशाखमा युरोपियन फुटबल महासंघले नेइमारले रेफ्रीलाई समाजिक संजालमार्फत अभद्र टिप्पणी गरेको भन्दै प्रतिबन्ध लगाएको थियो।

युरोपियन फुटबल महासंघमा गरेको अपिल अस्विकृत भएपछि पिएसजीले कोर्ट अफ आर्विट्रेसन फर स्पोर्टमा मुद्दा दायर गरेको थियो। सो मुद्दाको सुनुवाइपछि २ खेलमा मात्र प्रतिबन्ध लगाउन आदेश दिइएको छ। अब उनले च्याम्पियन्स लिगको समूह चरणमा रियल म्याड्रिड र गालातासारेविरुद्धको खेल गुमाउनेछन्। उनी २२ अक्टोबरमा क्लब ब्रुग्सविरुद्धको खेलबाट च्याम्पियन्स लिगमा फर्कनेछन्।

गत सिजनको च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को म्याचेस्टर युनाइटेडविरुद्धको खेलपछि नेइमारले इन्स्टाग्राममा टिप्पणी गरेका दिए। उनले म्याचेस्टरलाई अन्तिममा भारमार्फत दिएको पेनाल्टीलाई कुरुपको संज्ञा दिएका थिए। सो खेलमा नेइमार भने अनुपस्थित थिए। उनी घाइते भएका कारण प्याराफिटमा बसेर खेल हेर्न बाध्य भएका थिए। खेलमा म्याचेस्टरले अन्तिम मिनेटमा गोल गरेर पिएसजीले पहिलो लेगमा हात पारेको २(० को नतिजा उल्टाएको थियो। सो खेलमा म्यानचेस्टर ३–१ ले विजयी भएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू