अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५९ | Colorodo: 10:14

लाइबेरियाको विद्यालयमा आगलागी, २३ बालबालिकाको मृत्यु

बिआरटीनेपाल २०७६ असोज १ गते ९:०३ मा प्रकाशित

अफ्रिकी मुलुक लाइबेरियाको एक विद्यालयमा आगलागी हुँदा कम्तीमा २३ बालबालिकाको मृत्यु भएको छ । बुधबार लाइबेरियाको राजधानी मोन्रोभियाबाटनजिकै रहेको विद्यालयमा आगलागी हुँदा उनीहरुको मृत्यु भएको हो ।

मस्जिदसमेत रहेको विद्यालयमा आगलागी हुँदा अधिकांश बालबालिका निदाइरहेको जनाइएको छ । आगलागी के–कति कारणले भएको हो भन्नेबारे अनुसन्धान भइरहेको त्यहाँका अधिकारीहरुले बताएका छन् ।

यसैबीच, लाइबेरियाका राष्ट्रपति जर्ज वेइले घटनाप्रति शोक व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति धैर्यधारण गर्न अपील गर्नुभएको छ । घटनामा अरु बालबालिकाको पनि ज्यान गएको आशंकामा खोजी भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू