अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४० | Colorodo: 19:55

‘लोकतन्त्रमाथि खतरा आए सरकार बघिनी बन्छ’– प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७६ असोज १ गते ८:५८ मा प्रकाशित

प्रधानमन्त्री केपी ओलीले लोकतन्त्रमाथि खतरा पैदा भए बघिनीको शैलीमा रक्षात्मक ढंगले सरकार प्रस्तुत हुने चेतावनी दिनुभएको छ । प्रधानमन्त्री ओलीले बुधबार सिंहदरबार परिसरमा संघीय संसद भवनको शिलान्यास गर्दै उहाँले केही व्यक्ति वातावरण विगार्न लागिरहेको उल्लेख गर्नुभयो ।

‘जबसम्म आफ्ना डमरुमाथि खतरा आइपर्यो भन्ने हुदैन तबसम्म बघिनी चुपै लागेर बस्छे । डमरुमाथि खतरा पैदा भयो भने बघिनी चुप लागेर बस्दिन’ उहाँले डेमोक्रेसीमा संघीय लोकतान्त्रिक गणतत्रमाथि जब सम्म खतरा आइपर्यो भन्ने कुरा हुदैन तबसम्म सरकार त्यसैगरी बघिनी जस्तै शान्त हुन्छ । लोकतन्त्रमाथि खतरा आयो भने सरकारले सहदैन । त्यस्तो अवस्थामा सरकार बघिनी बन्छ । जनताको बलिदान खेर जान नदिनेमा सरकार प्रतिवद्ध छ ।’

‘डेढ बर्ष भइसक्दा पनि सरकारले गति लिन नसकेको’ भन्ने आलोचनालाई सरकारले गम्भीर रुपमा लिएको र अझै गतिका साथ अघि बढ्ने आश्वासन दिनुभयो । उहाँले भ्रष्टाचारमा शुन्य सहनशिलता सरकारको ‘लिप्स् सर्भिस’ मात्रै नभएको भन्दै सबैलाई आफ्नो काम कर्तव्यप्रति होसियार रहन सचेत गराउनुभयो ।

प्रधानमन्त्री ओलीले निर्माण कार्यमा हुने गरेको ढिलाइ पनि असन्तुष्टि जाहेर गर्नुभयो । ३ बर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ शिलान्यास भएको संघीय संसद भवन समयमै सम्पन्न गर्न तथा विभिन्न वहानामा पैसा थप्ने काम नगर्न शहरी विकास मन्त्रीलाई निर्देशन दिनुभयो ।

‘निर्माण कार्यमा बिलम्ब हुने गर्या छ, यो बिलम्ब मान्य हुदैन’ उहाँले भन्नुभयो, ‘जति समय भनिएको छ त्यो समयभित्र काम सम्पन्न हुनुपर्छ । गुणस्तरमा कुनै सम्झौता हुदैन । गुणस्तरीय हुनुपर्छ । कबुल भन्दापछि पैसा थप्ने काम हुदैन । धेरै बिग्रेका परिपाटी छन् । त्यसलाई मानिदैन ।’

प्रधानमन्त्रीले नेत्र विक्रम चन्द समुहका क्रियाकलापप्रति इंकित गर्दै हिंसा नितान्त ‘वितण्डा’ मात्रै भएको टिप्पणी गर्नुभयो । हत्या, हिंसा, त्रास र लुटपाट गर्ने क्रियाकलाप सरकारलाई कुनै पनि अवस्थामा सह्य नहुने भन्दै उहाँले आवश्यक परे नियन्त्रणकारी भूमिका खेल्न सकिने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू