अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३९ | Colorodo: 03:54

लिभरपुल र चेल्सी पराजित, बार्सिलोना डर्टमण्डसँग बराबरीमा रोकियो

बिआरटीनेपाल २०७६ असोज १ गते ८:४० मा प्रकाशित

युरोपियन क्लब फुटबलको सर्वोच्च प्रतियोगिता युएफा च्याम्पियन्स लिग फुटबलमा इंङ्गलिस क्लबहरुले खराब सुरुवात गरेका छन् । साविक विजेता लिभरपुललाई गएराति इटालीको नापोलीले २–० ले हराउँदा अर्को इंग्लीश क्लब चेल्सी आफ्नै मैदानमा भ्यालेन्सियासँग १–० ले पराजित भएको छ ।

चेल्सीका रोस बार्क्लेले अन्तिम समयमा पाएको पेनाल्टी खेर फाल्दा क्लबले बराबरी गर्ने अवसर गुमाएको थियो । उता दावेदार बार्सिलोना पनि पहिलो खेलमा बराबरीमै रोकिएको छ । स्पेनिस महारथी बार्सिलोनालाई जर्मनीको बोरुसीया डर्टमण्डले गोलरहित बराबरीमा रोकेको हो ।

गएराति नदेरल्याण्ड्सको आयाक्सले फ्रान्सको लिल्लाई ३–० ले हराउँदा जर्मनीको आर.बी लेप्जीगले पोर्चुगलको बेनिफिकामाथि २–१ को जित निकाल्यो । यसैगरी अष्ट्रियाको रेडबुल साल्जबर्गले बेल्जियमको गेन्कलाई ६–२ ले हराउँदा फ्रान्सको लियों र रुसको जेनिथ तथा इटालीको इन्टर मिलान र चेक गणतन्त्रको स्लाभिया प्रागले १–१ गोलको बराबरी खेलेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू