अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५५ | Colorodo: 23:10

हाेँचा कलाकारको अभिनय रहेको ‘नरिसाउन मालती’ बोलको गीत रिलिज

बिआरटीनेपाल २०७६ भदौ ३१ गते २३:३३ मा प्रकाशित

काठमाडौँ । गायक भुपु पाण्डेले हाेँचा कलाकारको अभिनय रहेको ‘नरिसाउन मालती…’ बोलको गीत रिलिज गरेका छन् ।

गायक पाण्डे र कुसुम दाहालको स्वर रहेको उक्त गीतको सङ्गीत गायक पाण्डे आफैले दिएका छन् । शब्द राजेश अर्यालको छ भने म्युजिक भिडियोको निर्देशन सुरज कुसुम्या हुन् ।

आफ्नै युट्युब च्यानलमार्फत सेप्टेम्बर १२ मा रिलिज भएको गीत अहिले सम्म ३,१५,९४८ भ्यू भएको छ । छोटो समयमा गीत राम्रो भ्यू गएपछि गायक पाण्डे खुसी हुँदै भन्छन्, ‘दर्शक श्रोताहरूले गीत मन पराइ दिनु भएको छ मलाई खुसी लागेको छ ।उनले नयाँ पुस्तालाई ध्यानमा राखेर गीत बनाएका छन् । लोक पप लयमा रहेको यो गीतमा होचा पुड्का कलाकारहरू अभिनय गराइएको छ ।

गीतमा गायक पाण्डे र गायिका दाहालका साथै सिसा सागर, मनीषा श्रेष्ठ, मेघराज खड्का, सुरज शाही ठकुरी, अनेक श्रेष्ठ, पवन घर्ती मगर, रिना श्रेष्ठ, ज्याक गुरुङलाई फिचरिङ गरिएको छ ।

प्रतिक्रिया