अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०१ | Colorodo: 03:16

डेनभरमा ब्लड डोनेसनको कार्यक्रम फेरी हुँदै

बिआरटीनेपाल २०७६ भदौ ३१ गते १४:२९ मा प्रकाशित

रक्तदान गरौँ जीवन बचाऔँ भन्ने नारासहित अमेरिकाको कोलोराडो राज्यको डेनभर सहर (717 Yosemite St, Denver, CO 80230) मा शनिवार सेप्टेम्बर २१, २०१९ का दिन बिहान ८ बजे देखी ४ सम्म ब्लड डोनेसनको कार्यक्रम हुने भएको छ । अरोरा हिमालयन लायन्स क्लब, ब्लड डोनर्स अफ अमेरिका र बिआरटी नेपाल डट कमको संयुक्त आयोजनामा उक्त कार्यक्रम हुने भएको छ । यो भन्दा पहिले पनि यि तिनै समुह मिलेर रक्तदान कार्यक्रम गरेका थिए ।

उक्त दिन बिहान ८ बजे देखि सुरु हुने कार्यक्रममा डेनभर स्थित बोन्फिल्ड रक्तदान केन्द्रमा रक्तदान गर्ने सकिने छ । रक्तदान गर्न कुनै समय लिनु नपर्ने उक्त समय भित्र गएर रक्तदान गर्न सकिने छ । रक्तदान कार्यक्रममा आयोजकले सहभागिताको लागि सबैलाई अपिल गरेको छ ।

संपर्क:
# Tika Paudel -(303) 704-8997
# Sree Ram Luitel – (720) 934-5150
# Surendra Adhikari – (817) 666-9048
# Kapil Subedi – (720) 324-6004
# Deepak Sunuwar – (720) 662-8715
# Shailesh Pokharel – (720) 318-1515

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू