अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१८ | Colorodo: 20:33

खराव मौसमका कारण अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु

बिआरटीनेपाल २०७६ भदौ ३१ गते ९:४८ मा प्रकाशित

लगातारको वर्षाका कारण मौसम प्रतिकूल भएपछि डेढ घन्टादेखि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अवतरण खुला गरिएको छ । ‘भिजिबिलिटी’ नै नपुग्ने अवस्था आएपछि विमानस्थलले आन्तरिक तथा अन्तराष्ट्रिय उडानका सबै जहाजको अवतरण बन्द गराएको थियो । विमानस्थलबाट हुने दुवैतर्फका उडान भने रोकिएको थिएन ।

डेढ घन्टापछि अवरुद्ध अवतरण सुरु गरिएको विमानस्थलका प्रवक्ता प्रतावबाबु तिवारीले जानकारी दिनुभयो । अवतरण बन्द हुँदा भारतको नयाँदिल्लीबाट आएका नेपाल एअरलाइन्स र इन्डिगोका विमान आकाशमै फन्को लगाउँदै ‘होल्ड’ भएका थिए । कतिपय आन्तरिक उडानका जहाज पनि ‘होल्ड’मै थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक ७० भन्दा बढी अन्तर्राष्ट्रिय र करिब ३०० आन्तरिक उडान–अवतरण हुने गर्दछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू