अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४१ | Colorodo: 12:56

इजरायलमा पाँच महिनामा दोस्रोपटक आमनिर्वाचनका लागि मतदान

बिआरटीनेपाल २०७६ भदौ ३१ गते ९:४७ मा प्रकाशित

इजरायलमा पाँच महिनामा दोस्रोपटक आमनिर्वाचनका लागि मतदान भएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको सरकार अल्पमतमा परेपछि एकै बर्षभित्र दोस्रोपटक आमनिर्वाचन भएको हो ।

इजरायलको इतिहासमा सबैभन्दा लामो अवधिसम्म नेतान्याहु प्रधानमन्त्रीको पदमा हुनुहन्छ । भ्रष्टाचार र प्यालेस्टाइन मामिलामा विवादास्पद देखिएका नेतान्याहु फेरि पनि चुनावमा विजयी हुने विश्वासमा हुनुहुन्छ ।

तर, मत सर्वेक्षणहरुले उहाँको दलले पूर्ण बहुमत ल्याउने सम्भावना कमै रहेको देखाएका छन् । चुनावमा नेतान्याहुको लिकुड पार्टी र अवकाशप्राप्त सैनिक प्रमुख बेन्नी गान्जको नेतृत्वमा रहेको ब्लु एन्ड ह्वाइट पार्टीबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

दुवै पार्टीले बहुमतको सरकार बनाउने सम्भावना नरहेका कारण साना दलसँगको गठबन्धनलाई बलियो बनाउन खोजिरहेका छन् । यसअघि, गत अप्रिलमा सम्पन्न चुनावमा प्रधानमन्त्री नेतान्याहुको लिकुड पार्टी संसदमा ठूलो दल बने पनि पूर्ण बहुमत हासिल गर्न असफल रहेको थियो ।

साना दलको सहयोग लिएर सरकार बनाए पनि लिबरम्यानको दलले सरकारमा सहभागी हुन अस्वीकार गरेको थियो । लिबरम्यानका कारण सरकार अल्पमतमा परेपछि नेतान्याहुले संसद विघटन गरी नयाँ निर्वाचनको मिति तोक्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू