अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२६ | Colorodo: 01:41

खेतमा अवतरण गरिएका हेलिकप्टर साढे ८ घण्टापछि उडे

बिआरटीनेपाल २०७६ भदौ ३१ गते ९:४५ मा प्रकाशित

मौसममा खराबी देखिएपछि काभे्रको पाँचखालको धान खेतमा आकस्मिक अवतरण गरिएका विभिन्न कम्पनीका ४ वटा हेलिकप्टर काठमाडौं पुगेका छन् । मंगलवार बिहान ८ बजे जोरपाटी र हर्षेस्थित खेतमा आकस्मिक अवतरण भएका मनाङ एयरका २, सिम्रिक र कैलाश एयरका १/१ हेलिकप्टर साढे ४ बजे काठमाडौंको लागि उडेको जिल्ला प्रहरी कार्यलय काभ्रेका प्रवक्ता डिएसपी दिपक गिरीले जानकारी दिनुभयो ।

लुक्लाबाट काठमाडौंका लागि उडेका मनाङ र सिम्रिक एयरका हेलिकप्टरमा चालक दलसहित ६/६ जना र कैलाशको हेलिकप्टरमा ३ जना सवार थिए । अलपत्र यात्रु र चालक दलका सदस्यलाई स्थानीयले खाना खुवाएका थिए ।

सिम्रिक एयरमा रहेका ५ जना विदेशी पर्यटकलाई पाँचखाल नगरपालिकाको गाडीले काठमाडौं पुर्याउने व्यवस्था मिलाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू