अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४७ | Colorodo: 22:02

संयुक्त राष्ट्रसंघको ७४औँ महासभा आजदेखि शुरु हुँदै

बिआरटीनेपाल २०७६ भदौ ३१ गते ९:४३ मा प्रकाशित

संयुक्त राष्ट्रसंघको ७४औँ महासभा अमेरिकी महानगर न्यूयोर्कस्थित उक्त विश्व संस्थाको प्रधान कार्यालयमा आजदेखि सुरु हुँदैछ । यो वर्ष महासभाको बहसको विषय गरीबी निवारण, स्तरीय शिक्षा, जलवायु असर र समावेशिताका निम्ति बहुपक्षीय प्रयास र प्रेरणा रहेको छ ।

महासभाअन्तर्गत एक सातासम्म उच्चस्तरीय बैठक हुनेछन् । जसमा विश्वव्यापी स्वास्थ्य सरोकार, दिगो विकासका लागि उच्चस्तरीय राजनीतिक मञ्च, विकासका लागि लगानी, विकासोन्मुख साना टापू देशका प्राथमिकता सम्बोधन तथा तिनको प्रगतिको समीक्षा हुनेछ ।

सहस्रांब्दी विकास लक्ष्यको अद्यावधिक मूल्यांकन, विकासका लागि लगानी, जलवायु परिवर्तन, अल्पविकसित मुलुकका चासो, मानवअधिकार, निःशस्त्रीकरण, अन्तर्रा्ष्ट्रिय शान्ति तथा सुरक्षाको विश्वव्यापी स्थितिबारे पनि बैठकमा बहस हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू