अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२४ | Colorodo: 06:39

अफगानिस्तानमा राष्ट्रपतिको चुनावी र्यालीमा बम विष्फोट, कम्तीमा ३० को मृत्यु, ३१ जना घाइते

बिआरटीनेपाल २०७६ भदौ ३१ गते ९:३३ मा प्रकाशित

अफगानिस्तानमा एक चुनावी र्यालीमा भएको बम विष्फोटमा कम्तिमा ३० जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् । अफगानिस्तानको राजधानी काबुलको उत्तरमा परवान प्रदेशमा भएको चुनावी र्यालीमा राष्ट्रपति अशरफ घानीले सम्बोधन गर्ने कार्यक्रम थियो ।

उक्त विस्फोटको समयमा घानी र्यालीमा पुगिसकेको भएपनि उहाँ सुरक्षित रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उक्त विष्फोट आत्मघाती हमला भएको हुन सक्ने अनुमान गरिएको छ ।

यसका साथै काबुलमै भएको अर्को एक बम विष्फोटमा कम्तिमा तीन जनाको मृत्यु भएको छ। दुबै विष्फोटको हालसम्म कसैले पनि जिम्मेवारी लिएको छैन। तालिबानले आगामी २८ सेप्टेम्बरमा हुने राष्ट्रपति चुनाव विथोल्ने घोषणा गरेको छ । यस चुनावमा वर्तमान राष्ट्रपति अशरफ घानीले लगातार दोस्रो कार्यकालको लागि उम्मेदवारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू