अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:११ | Colorodo: 17:26

तीन दिनसम्म देशभर भारी वर्षाको सम्भावना

बिआरटीनेपाल २०७६ भदौ ३१ गते ९:३२ मा प्रकाशित

बिहीबारसम्म देशभर मेघगर्जनसहित वर्षा हुने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार आगामी ३ दिनसम्म देशभरकै मौसममा बदली हुने जनाएको छ । महाशाखाका अनुसार केही दिनयता बंगालको खाडीबाट अएको जलवाष्पयुक्त हावाको प्रभावका कारण देशभर मनसुनी गतिबिधि बढिरहेको छ ।

हाल मनसुनी न्यून चापीय रेखाको पश्चिमी भाग औसत स्थानको आसपासमा रहेको र पूर्वी भाग औसत स्थानभन्दा केही उत्तरतर्फ रहेने भएकाले मौसममा बदली हुने र देशका केही भागमा भारी वर्षा हुनेसमेत महाशाखाले जनाएको छ । महाशाखाले जारी गरेकव विज्ञप्तीमा भनिएको छ– ’देशका मध्य र पश्चिमका धेरै स्थानहरुमा तथा पुर्वका केहि स्थानमा मेघ गर्जनरचट्टयांग सहितको वर्षा हुने साथै मध्य तथा पश्चिमि भु भागका थोरै स्थानमा भारी वर्षाको सम्भावना भएकोले पहिरो जानसक्ने अनि नदिमा पानिको वहाब बढ्न सक्ने तथा सडक र हवाई यातायातमा सामान्य अवरोध आउन सक्ने हुनाले सतर्कता अपनाउनु हुन अनुरोध छ।’

यस्तै बाढी पूर्वानुमान शाखाले समेत बर्षाका कारण देशका केही ठूला नदीहरूमा पानीको वाहव बढ्ने हुदाँ सतर्क रहन समेत अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू