अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४७ | Colorodo: 01:02

कोलम्बियामा जहाज दुर्घटना, सातको मृत्यु

बिआरटीनेपाल २०७६ भदौ ३० गते ८:४१ मा प्रकाशित

कोलम्बियामा एउटा सानो जहाज दुर्घटना हुँदा सातजना यात्रुको मृत्यु भएको छ । अरु तीनजना घाइते छन् । ट्रान्सप्यासिफिको नामको स्थानीय कम्पनीको जहाज पोपायानमा दुर्घटनामा परेको हो । पोपायान सहर पहाडले घेरिएको सानो सहर हो । जहाँ २ लाख ७० हजार मानिस बसोबास गर्छन् ।

यात्रुवाहक जहाज पोपायानबाट लोपेज दे मिक्यातर्फ उँड्दै थियो । घटनापछि कोलम्बियाको उड्डयन विभागले दुर्घटनाको कारणबारे छानविन गर्ने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू