अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१४ | Colorodo: 02:29

सुनचाँदीको मूल्य बढ्यो

बिआरटीनेपाल २०७६ भदौ ३० गते ८:३३ मा प्रकाशित

सोमबार सुनको मूल्य बढेको छ । नेपाली सुनचाँदीको बजारमा छापावाल सुनको ७१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।त्यसैगरी, तेजाबी सुनको मूल्य ७१ हजारमा कारोबार भएको छ। चाँदी तोलामा ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आइतबार छापावाल सुन ७० हजार २ सयमा कारोबार भएको थियो र तेजाबी सुन ६९ हजार ९ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ। चाँदी ८ सय ४० मा कारोबार भएको थियो।

प्रतिक्रिया