अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४४ | Colorodo: 17:59

नागरिक लगानी कोषले २२ प्रतिशत बोनस शेयर दिने

बिआरटीनेपाल २०७६ भदौ ३० गते ८:१८ मा प्रकाशित

नागरिक लगानी कोषले २२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.१६ प्रतिशत नगद लाभांश दिने भएको छ । सोमबार गरिएको कोषको आर्थिक बर्ष २०७५ ०७६ को वार्षिक साधारण बोनस शेयर र नगद लाभांशको प्रस्ताव पारित गरेको हो । कोषबाट सञ्चालित विभिन्न बचत कार्यक्रमहरुबाट २०७४ असार मसान्तको तुलनामा २०७५ असार मसान्त सम्ममा १४.९२ प्रतिशतले वृद्धि एक खर्ब ११ अर्ब ७३ करोड ५१ लाख खुद कोष रकम संकलन गरेको जनाएको छ ।

कोषको शेयर पुँजी, जगेडा रकम तथा विभिन्न कार्यक्रमहरुबाट संकलित रकम आर्थिक वर्ष २०७३/७४ मा ९१ अर्ब ६७ करोड ३६ लाख लगानी भएकोमा आर्थिक वर्ष २०७४/७५ मा कुल लगानी १६.६९ प्रतिशतले वृद्धि भइ एक खर्ब ६ अर्ब ९७ करोड ६२ लाख पुगेको जनाएको छ। कोषको आर्थिक वर्ष २०७४/७५ को करपछिको खुद नाफा ३५ करोड ९२ लाख र आर्थिक वर्ष २०७३र७४ को बाँडफाँड गर्न बाँकी मुनाफा एक करोड ८१ लाख समेत गरी बाँडफाँड योग्य रकम ३७ करोड ७३ लाख रहेको जनाएको छ।

२०७६ असार मसान्तसम्ममा कोषको बचत परिचालन उच्चदरमा वृद्धि भएको जनाइएको छ। २०७५ असार मसान्तसम्ममा एक खर्ब ११ अर्ब ७३ करोड रहेको कोष संकलन २०७६ असार मसान्तसम्ममा १०.२३ प्रतिशतले वृद्धि भई एक खर्ब २३ अर्ब १६ करोड पुगेको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू