अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१० | Colorodo: 03:25

मनास्लु हिमालमा आरोहीको ओइरो

बिआरटीनेपाल २०७६ भदौ ३० गते ७:४८ मा प्रकाशित

आरोहण समूहका ३९५ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार यस याममा सगरमाथा सहितका हिमाल आरोहणमा नेपालसहित ४७ देशका आरोहीले आरोहण अनुमति लिएका छन् । अनुमति लिनेमा ३०५ पुरुष र ९० महिला छन् ।

यस पटक सबैभन्दा बढी मनास्लु हिमाल आरोहणमा आकर्षण देखिएको छ । शरद ऋतु मनास्लु हिमाल आरोहणका लागि उपयुक्त मानिन्छ । गत वर्षको तुलनामा यस वर्ष धेरै आरोही आएका हुन् । विभागको पर्वतारोहण शाखाका अनुसार यस यामको मनास्लु हिमाल आरोहणका लागि सोमवारसम्म २६ आरोही समूहका २६० आरोहीले आरोहण अनुमति लिएका छन् ।

सन् २०१८ मा मनास्लु आरोहणमा १८ आरोही समूहका १९० आरोही गएका थिए । सगरमाथा आरोहणका लागि २ आरोही समूहका १० आरोहीले आरोहण अनुमति लिएका छन् । धौलागिरि हिमाल आरोहणका लागि २ आरोही समूहका ३० जनाले अनुमति पाएका छन् । नेपालसहित ४७ देशका आरोही यस याममा हिमाल आरोहणमा निस्किएको विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यस याममा हिमाल आरोहणबाट हालसम्म ३ करोड ९६ लाखभन्दा बढी सलामी दस्तुर जम्मा भएको छ । विभागको विवरणमा सन् २०१८ को शरद ऋतुमा १६३ आरोही समूहले सगरमाथासहितका हिमाल आरोहणका लागि अनुमति लिएका थिए ।

आरोही दशैं र तिहारसम्म आउने भएकाले यस याममा पनि आरोहीको संख्या बढ्नसक्ने विभागको अनुमान छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू