अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३७ | Colorodo: 18:52

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उच्च विन्दुमा

बिआरटीनेपाल २०७६ भदौ ३० गते ७:४६ मा प्रकाशित

शनिबार साउदी अरेबियामा दुईवटा तेल प्रसोधन केन्द्रमा आक्रमण भएपछि कच्चा तेलको मूल्य पछिल्लो चार महिना यताकै उच्च रुपमा वृद्धि भएको छ । आपूर्ति कटौती भएसँगै ब्रेन्ट क्रुडमा इन्धनको मूल्य १९ प्रतिशतले बढेर प्रतिब्यारेल ७१ दशमलव ९६ डलर पुगेको छ ।

यस्तै वेस्ट टेक्सास इन्टरमिडियेटमा १५ प्रतिशतले बढेर ६३ दशमलव ३४ अमेरिकी डलर पुगेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा रहेको मौज्दात इन्धन निकासीका लागि स्वीकृति दिएपछि मूल्य केही कम हुने अनुमान गरिएको छ ।

उत्पादन कटौती भएको साउदी अरेबियाको तेल प्रसोधन केन्द्रबाट पूर्ण क्षमतामा उत्पादन हुन अझै केही दिन लाग्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू