अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०२ | Colorodo: 19:17

डेंगी रोगबारे पर्याप्त अनुसन्धानः नेपाल स्वास्थ्य अनुसन्धान परिषद्

बिआरटीनेपाल २०७६ भदौ ३० गते ७:३९ मा प्रकाशित

नेपाल स्वास्थ्य अनुसन्धान परिषदले डेंगु रोगबारे पर्याप्त अनुसन्धान गरिएको स्पष्ट पारेको छ । डेंगी रोगबारे आवश्यक अनुसन्धान समेत नगरिएको भन्दै सरकारको आलोचना भइरहेका बेला नेपाल स्वास्थ्य अनुसन्धान परिषदले सोमबार पत्रकार सम्मेलन गरी डेंगी रोगबारे मिहिन ढंगले अनुसन्धानको काम गरिएको प्रष्ट्याएको हो । डेंगी रोग लाग्नुको कारणबारे मिहिन ढंगले अनुसन्धान भइसकेको परिषदका अध्यक्ष डा. अञ्जनीकुमार झाले जानकारी दिनुभयो । उहाँले डेंगी रोगबारे अनुसन्धान नै नभएको भन्ने भनाइमा कुनै सत्यता नरहेको बताउनुभयो ।

परिषदले डेंगी रोग लाग्न नदिन जनचेतनामूलक कार्यक्रम संचालनको काम शुरु गर्ने घोषणा गरेको छ । परिषदका अध्यक्ष झाले रोगलाई लाग्न नदिने गरी जनचेतनामूलक कार्यक्रम संचालन गर्ने बताउनुभयो । घरभित्र र घर वरपर विशेष ढंगले सफाई गरे डेंगी रोगको संक्रमण नहुने परिषद्ले जनाएको छ । परिषदले डेंगी रोग लाग्ने लामखुट्टेको नियन्त्रणका लागि घरभित्र र बाहिर कुनै पनि ठाउँमा पानी जम्न दिन नहुनेतर्फ सचेत गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू