अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०४ | Colorodo: 10:19

सिंहदरबारभित्रै रेडियो नेपालमा तालाबन्दी गरेपछि पत्रकार नेता पक्राउ

बिआरटीनेपाल २०७६ भदौ ३० गते ७:३६ मा प्रकाशित

करार सेवामा कार्यरत कर्मचारीलाई रेडियो नेपालको प्रदेश प्रसारण कार्यालय दिपायलबाट निष्कासित गरेको विरोधमा रेडियो नेपालको केन्द्रीय कार्यालयमा तालाबन्दी गर्न पुगेका पत्रकार नेतालाई प्रहरीले पक्राउ गरेको छ । निष्कासन गरिएका पत्रकारको पुनर्बहालीको माग नेपाल पत्रकार महासंघका पदाधिकारी र निष्कासित पत्रकार केही दिनदेखि आन्दोलनरत छन् । सिंहदरबारभित्र रेडियो नेपालको मूल गेटमा तालाबन्दी गरेपछि प्रहरीले नेपाल पत्रकार महासंघका सचिव रामप्रसाद दाहालसहित आन्दोलनरत पत्रकारलाई नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा रहनेहरुमा महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसी, मीन बम, यम बिरही, डोटी जिल्ला अध्यक्ष योगेन्द्र बलायर, नेपाल प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटी, दिलिप पौडेल, प्रकाश बम, चक्र कुँवर छन् । रेडियो नेपाल दिपायलमा कार्यरत सुनिता रावल, प्रकाश बम र चक्र कुँवरलाई निष्कासन गरिएपछि पुनर्बहालीको माग गर्दै पत्रकार आन्दोलनमा छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू