अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३३ | Colorodo: 20:48

बोस्टनमा बिडिए र लायन्सको आयोजनामा रक्तदान

बिआरटीनेपाल २०७६ भदौ २९ गते २१:१८ मा प्रकाशित

कोलोराडो । नियमित कार्यक्रमका रूपमा शनिवार बोस्टनमा रक्तदान गरिएको छ । उक्त कार्यक्रम ब्लड डोनर्स अफ अमेरिका (बिडिए) र हिमालय लायन्स क्लबको संयुक्त आयोजनामा भएको हो । उक्त रक्तदान कार्यक्रम मेडफोर्डस्थित स्थानीय शिवालय मन्दिरमा गरिएको थियो ।

यसपटक २९ जनाले रक्तदान गरे । ६० प्रतिशत महिला थिए । बिडिए र लायन्सले ठाउँ खोजेपछि रेडक्रसले रक्तदानमा श्रोत-साधन जुटाइदिन्छ । आजकल रेडक्रसले दिनमा ७ घण्टा मात्र रक्तदानको समय दिने गरेको आयोजकमध्येका महेश्वर पन्तले बिआरटी नेपाललाई बताए । बिडिए र लायन्सले वर्ष ३ पटक जति रक्तदान गर्छ । वर्षमा सरदर ७०-७५ जनाले रक्तदान गर्दै आएका छन् ।

प्रतिक्रिया