अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५३ | Colorodo: 12:08

सडक निमार्णको काम आज बिहानैबाट सुरु

सुशील कोइराला २०७६ भदौ २९ गते ११:२२ मा प्रकाशित

रसुवा, शनिवार बिहान देखि सुरु गरिएको रसुवागढी नाका जोड्ने मैलुङ–स्याफ्रुबेसी सडकको मर्मतको काम आज पनि निरन्तरता दिइएको छ ।
नाका जोड्ने दुवै सडक पहिरोले अवरुद्ध भए पछि मैलुङ–स्याफ्रुबेसी सडकमा झरेको पहिरो हटाउने काम आज बिहानै बाट सुरु गरिएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताउनुभयो ।

सडक खण्डको मैलुङबेसी देखि छोक्कल सम्मको सडक सोह् किलोमिटर मध्ये करिब आठ किलोमिटर सडकमा रहेको अवरोध हटाई सकिएकोले आज साँझ सम्ममा सडक सञ्चालनमा ल्याउने गरी काम गरिएको भण्डारीले बताउनुभयो ।

सङ्घीय संसद् मोहन आचार्य बाट चार वटा, गोसाईंकुण्ड गाउँपालिका बाट एउटा,रसुवागढी जलविद्युत आयोजना र पूर्व सभासद् जनार्दन ढकाल बाट एक एक वटा गरी पहिलो दिन आठ वटा एक्स्काभेटर र लोडर प्रयोग गरिएको छ । यसै गरी प्रदेश सभा सदस्य, उत्तर गया गाउँपालिका,नेपाली सेना,नेपाल प्रहरी,स्थानीय प्रशासन र सडक डिभिजन कार्यालयको सहयोगमा सडकको अवरोध हटाउन लागिएको हो ।

सडक खण्ड अन्तर्गत त्रिशूली खोलाको ह्युमपाइप बगाएको र खोँचमा निर्माण भएको सडक बाढीले लगेका कारण यस क्षेत्रमा केही कठिनाइ हुने देखिएको छ । चार दिनदेखि आयात तथा निर्यात ठप्प भए पछि मैलुङ–स्याफ्रुबेसी सडक सञ्चालनमा ल्याउन लागिएको हो । राम्चे–धुन्चे सडक खण्ड सञ्चालनमा ल्याउन समय लाग्ने देखिए पछि तत्कालका लागि मैलुङ तर्फको सडक सञ्चालनमा ल्याउन लागिएको उहाँको भनाइ छ ।

फायल फोटो

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू