अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१२ | Colorodo: 06:27

सर्वोच्वको एमबीबीएसको प्रवेश परिक्षाका लागि बाटो खुल्यो

बिआरटीनेपाल २०७६ भदौ २९ गते १०:१३ मा प्रकाशित

सर्वोच्च अदालतले एमबीबीएसको प्रवेश परिक्षा लिन त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) लाई बाटो खोलिदिएको छ । आइतबार गत भदौ २० गते आफैंले जारी गरेको अन्तरकालीन आदेशलाई उट्याउँदै अन्तरिम आदेश दिन अस्वीकार गरेपछि प्रवेश परिक्षा लिनका लागि बाटो खुला भएको हो । यसअघि शनिबारका लागि तोकिएको प्रवेश परिक्षा अदालतको आदेशका कारण रोकिएको थियो ।

चित्किसा शिक्षा ऐनविपरीत प्रवेश परीक्षा हुन लागेको भन्दै आयुष ओझाले दायर गरेको रिटमा सुनुवाई गर्दै कुनै आदेश दिनुनपर्ने निष्कर्षमा अदालत पुगेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा र मनोजकुमार शर्माको संयुक्त इजलाशले आइतबार परिक्षा रोक्दा विभिन्न शैक्षिक प्रतिष्ठानको शैक्षिक कार्यतालिका नै प्रभावित हुने भन्दै रिट जारी गर्न अस्वीकार गरेको हो ।

‘‘हजारौं विद्यार्थी प्रवेश परीक्षामा सामेल हुन तयारीको अवस्थामा रहेको र विभिन्न शैक्षिक प्रतिष्ठानको शैक्षिक शत्रको कार्यतालिका नै प्रभावित हुने गरी अहिले अन्तरिम आदेश जारी गर्नु सुविधा सन्तुलनका दृष्टिले हेर्दा मनासिव देखिन आएन,” आदेशमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू