अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४८ | Colorodo: 10:03

इङ्गलिस प्रिमियर लिग – लिभरपुल, चेल्सी र टोटनह्याम विजयी, म्यान्चेस्टर सिटी पराजित

बिआरटीनेपाल २०७६ भदौ २९ गते १०:०५ मा प्रकाशित

इङ्गलिस प्रिमियर लिग फुटबलमा लिभरपुलको सानदार लय जारी रहेको छ । आफ्नो शतप्रतिशत जितको यात्रालाई निरन्तरता दिने क्रममा लिभरपुलले गएराति सम्पन्न खेलमा न्युकासल युनाइटेडलाई ३–१ ले हरायो । दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीलाई गएराति नर्विच सिटीले ३–२ ले स्तब्ध पार्यो ।

यसैगरी टोटनह्याम हट्सपरले क्रिष्टल प्यालेसलाई ४–० ले हराउँदा चेल्सीले वुल्भरह्याम्पटन वान्डरर्समाथि ५–२ को जित निकाल्यो । यसैगरी म्यान्चेस्टर युनाइटेडले लेष्टर सिटीलाई १–० ले पराजित गर्दा साउथह्याम्पटनले शेफिल्ड युनाइटेडलाई १–० ले हरायो । ब्राइटन र बर्न्लेले १–१ गोलको बराबरीमा चित्त बुझाए ।

प्रिमियर लिग फुटबलमा आज दुई खेल हुनेछन् । आज बर्नमाउथले एभर्टनसँग खेल्दा वाट्फोर्ड र आर्सनल भिड्नेछन् । प्रिमियर लिगमा ५ खेलबाट १५ अंक जोडेको लिभरपुल शीर्ष स्थानमा छ । समान खेलबाट १० अंक जोडेको म्यान्चेस्टर सिटी दोस्रो स्थानमा छ भने ८–८ अंक जोडेका टोटनह्याम हट्सपर, म्यान्चेस्टर युनाइटेड, लेष्टर सिटी र चेल्सी क्रमशः तेस्रोदेखि छैटौं स्थानसम्म रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू