अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२४ | Colorodo: 03:39

प्रहरीसँगको मुठभेडमा भारतको छत्तिसगढमा ६ जना माओवादी मारिए

बिआरटीनेपाल २०७६ भदौ २९ गते ९:५० मा प्रकाशित

भारतको छत्तिसगढमा पछिल्लो २४ घण्टामा प्रहरीसँग भएको मुठभेडमा ६ जना माओवादी मारिएका छन् । मुठभेडका क्रममा माओवादी प्रभावित दंतेबाडा, सुकमा र बीजपुरा जिल्लामा प्रहरीसँगका भिडन्तमा माओवादी कार्यकर्ता मारिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यही महिनाको २३ तारेखमा दंतबडामा विधानसभाको उपनिर्वाचनको मिति तय भएको छ । निर्वाचनको मिति नजिकिँदै जाँदा माओवादीका गतिविधि बढेकाले सुरक्षा कारवाही तीव्र पारिएको प्रहरीले जनाएको छ । गत अप्रिल ९ मा माओवादी आक्रमणमा भारतीय जनता पार्टीका विधायक भीमा मंडावीको मृत्यु भएको थियो ।

सोही कारण रिक्त रहेको स्थानमा उपनिर्वाचन हुन लागेको हो । निर्वाचनमा भीमा मंडेवाकी पत्नी ओजस्वीले उम्मेद्वारी दिएकी छिन् भने विपक्षी कँग्रेसले पनि सन् २०१३ मा माओवादीबाटै मारिएका पूर्वगृहमन्त्री महेन्द्र कर्माकी पत्नी देवती कर्मलाई उम्मेद्वार बनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू