अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३० | Colorodo: 00:45

रोमानियामा नयाँ एनआरएनए एनसीसीको सबै पदमा निर्विरोध चयन

बिआरटीनेपाल २०७६ भदौ २९ गते ९:४१ मा प्रकाशित

सेप्टेम्बर १५, बुखारेष्ट, रोमानिया। प्रत्येक २ वर्षमा महाधिवेशन गर्नुपर्ने विधान अनुरूप गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् रोमानियाको छैटौँ राष्ट्रिय महाधिवेशन सफलताका साथ आज रोमानियाको राजधानी बुखारेस्ट सहरमा सम्पन्न भएको छ। महाधिवेशनले सर्वसम्मत रूपमा १९ सदस्यीय नयाँ कार्य समिति २०१९-२०२१ गठन ग-यो।

गैर—आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् रोमानियाको राष्ट्रिय महाधिवेशनको सफलताका लागि गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष कुल आचार्य, महासचिव बद्री के सी, सह कोषाध्यक्ष सोम सापकोटा, युरोपका संयोजक शिवकुमार बरुवाल, सह संयोजक द्वय एकराज गिरी र गोविन्द प्रसाद गौतमले महाधिवेशनको सफलताको लागि हार्दिक शुभकामना पठाउनुभएको थियो।

राष्ट्रिय महाधिवेशनले आइसिसी सदस्य तथा संरक्षकमा एनआरएनए रोमानियाका संस्थापक अध्यक्ष नवराज पोखरेललाई र अध्यक्षमा आलोक साहलाई दोस्रो पटक निर्विरोध चयन गरेको छ।

गैर आवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद्, रोमानिया २०१९ – २०२१ को नामावली निम्नानुसार रहेको छ।

आइसिसी सदस्य तथा संरक्षक :-
नवराज पोखरेल

अध्यक्ष :- आलोक साह
वरिष्ठ उपाध्यक्ष :- जेनी गुरुङ
उपाध्यक्ष :- ल्हाक्पा तेन्जी लामा शेर्पा
महासचिव :- खगेन्द्र अधिकारी
सचिव :- खुमलाल भुसाल
कोषाध्यक्ष :- गोमा थापा
सह-कोषाध्यक्ष :- मेन्दा शेर्पा
युवा प्रतिनिधि:- प्रज्वल खड्का
महिला प्रतिनिधि :- शोभा मानन्धर

सदस्य :- डा. अमित रिजाल
सदस्य :- मैयाँ मोनि राई
सदस्य :- मुक्तिराज कोइराला
सदस्य :- फुर्सांग लामा
सदस्य :- कल्पना राई अधिकारी
सदस्य:- पवन नेपाली
सदस्य:- शुष्मा गुरुङ
सदस्य:- रीना बज्राचार्य
सदस्य:- पासाङ छोटी शेर्पा

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू