अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५४ | Colorodo: 03:09

पोखराबाट चुनाव लड्दिन – रवीन्द्र मिश्र

बिआरटीनेपाल २०७६ भदौ २९ गते ९:४२ मा प्रकाशित

साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले कास्की क्षेत्र नं. २ को उपनिर्वाचनमा उम्मेद्वारको रुपमा चुनाव नलड्ने बताउनुभएको छ । साझा पार्टी गण्डकी प्रदेशले आईतवार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा मिश्रले सो कुरा बताउनुभएको हो ।

मिश्रले कास्की क्षेत्र नं. २ को उपनिर्वाचन सामान्य मतदान मात्र नभएर जनमतसंग्रह भएको बताउनुभयो । कास्कीको निर्वाचनमा कास्कीकै उम्मेदवार बन्ने उहाँको भनाई थियो । मिश्रले आफुहरु पार्टी गठन प्रक्रियाको सुरुवातबाटै निर्वाचनमा सहभागिता जनाउनु पर्ने भएकाले संगठनमा विशेष ध्यान दिन नसकेको बताउनुभयो ।

उहाँका अनुसार साझापार्टीले हालसम्म देशभर ६ वटा प्रदेशमा प्रदेश स्तरिय संरचनाको निर्माण गरिसकेको छ । उहाँले साझा पार्टीलाई निर्वाचनमा जनताले विजय गराए भने ‘राईट टु रिकल’ र ‘नो भोट’ को व्यवस्थासमेत गर्ने कार्यक्रममा बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू