अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३० | Colorodo: 10:45

बाँके घटनाबारे संसदमा गृहमन्त्री थापाको जवाफ

बिआरटीनेपाल २०७६ भदौ २९ गते ९:३९ मा प्रकाशित

बाँकेको खजुरामा गत बिहीबार भएको घटनाबारे संसदमा गृहमन्त्री रामबहादुर थापाले जवाफ दिनुभएको छ । काँग्रेसले दोस्रो चरणको जनजागरण अभियान अन्तर्गत बाँकेको खजुरा गाउँपालिकामा भएको कार्यक्रमको क्रममा झडप भएको थियो । सो घटनाबारे आज संसद बैठकमा काँग्रेसले प्रश्न उठाएको हो । काँग्रेस सांसद बालकृष्ण खाँडले घटना आपत्तीजनक भएको र विधिको शासनको उल्लंघन भएको बताउनुभयो ।

यसमा जवाफ दिँदै गृहमन्त्री रामबहादुर थापाले घटनाबारे आफू जानकार रहेको बताउनुभएको छ । उहाँले घटनाप्रति दुःख व्यक्त गर्दै, घटनामा संलग्न निर्मल खत्री, रोसन ठकुरी, लाकेबहादुरी शाहीलाई २८ गते पक्राउ गरिएको जानकारी दिनुभयो । बाँकीलाई पक्राउ गर्न निर्देशन भएको पनि थापाले बताउनुभयो । जिल्लाका सबै राजनीतिक दल, सांसदहरुसँग छलफल गरेर अवस्थालाई सहज बनाउने कोसिस गरिएको गृहमन्त्री थापाको भनाई छ । उहाँले घटनालाई राजनीतिकरण नगर्न आग्रह गदै कार्यक्रम अघि सुरक्षा निकायलाई जानकारी दिन आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू