अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५२ | Colorodo: 13:07

गीत गजल र शीतलको ११ औँ शृङ्खला सम्पन्न

बिआरटीनेपाल २०७६ भदौ २८ गते १२:१४ मा प्रकाशित

घोष्ट राइटिङ नेपालको प्रस्तुति ‘गीत गजल र शीतल’ को ११ औँ शृङ्खला शनिवार सम्पन्न भएको छ ।

दुई महिनाको अन्तरालमा आयोजना हुने यस कार्यक्रममा विशिष्ट स्रष्टालाई सम्मान गरिनुको साथै गीत गजलको अभिवृद्धिका लागि दुई सर्जकलाई प्रोत्साहन गर्दै बाँचनमा नयाँ आयम थप्दै आएको छ । यस क्रमको निरन्तरता स्वरुप यस पटक गीत तथा गजलकार भुपेन्द्र महत र दिग्गज धौरालीको प्रस्तुति रहेको थियो । नेपाली सुगम सङ्गीतका चर्चित सङ्गीतकार अर्जुन पोखरेललाई सम्मान गरिएको उक्त कार्यक्रममा युवा गायक अजर जङ्गमले भूपेन्द्र महतको दुई वटा गजल गाउनु भएको थियो।

गीत तथा गजलकार शीतल कादम्बिनीको संयोजनमा लेखन कुञ्ज थापागाउँको सभाहलमा सम्पन्न उक्त कार्यक्रम सम्मानित व्यक्तित्व प्रसिद्ध सङ्गीतकार अर्जुन पोखरेलका कर्णप्रिय विभिन्न गीत गजल गायनबाट बिट मारिएको थियो ।

प्रतिक्रिया