अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१७ | Colorodo: 01:32

उत्कृष्ट विश्वविद्यालयको सुचीमा अक्सफोर्ड पहिलो, त्रिभुवन विश्वविद्यालय १३६० नम्बरमा

बिआरटीनेपाल २०७६ भदौ २८ गते ७:३१ मा प्रकाशित

बेलायतको अक्सफोर्ड बिश्वविद्यालय पुनः उत्कृष्ट विश्वविद्यालयको पहिलो नम्वरमा पर्न सफल भएको छ । र्यान्किङ टाइम्स हायर एजुकेसन ले विश्वका विश्वविद्यालयको २०२० को र्यान्किङ प्रकाशित गरेको छ। उक्त र्यान्किङमा इङ्ल्यान्डको ‘यूनिभर्सिटी अफ अक्सफोर्ड’ले पहिलो स्थान प्राप्त गरेको हो । विगत ४ यता यो विश्वविद्यालयले पहिलो स्थान हासिल गर्दै आएको हो।

र्यान्किङ निर्धारणमा ९२ देशका १३९६ यूनिभर्सिटी संलग्न थिए । यूनिभर्सिटीको शैक्षिक स्तर र प्रदर्शन लगायत अन्य कैयौँ मापदण्डले टप यूनिभर्सिटीको लिस्ट तयार पारिएको हो । टप १५ मा इङ्ग्लैन्डका ४ र अमेरिकाका १० युनिभर्सिटी पर्न सफल भएका छन्। स्विजरल्याण्डको ‘इटीएच ज्यूरिच’ले १४ औं स्थान प्राप्त गरेको छ । १८ औं स्थानमा युनिभर्सिटी अफ टोरन्टो, क्यानाडा छ। २३ औं र २४ औं नम्बरमा एशियाले प्रवेश गरेको छ । २३ औं नम्बरमा चीनको सिन्हुआ यूनिभर्सिटी र २४ औंँ नम्बरमा चीनकै पेकिङ युनिभर्सिटी छ ।

सिंगापुरको ‘नेशनल युनिभर्सिटीअ अफ सिंगापुर’ले २५ औँ स्थान पाएको छ। टप २५ भित्र २१ स्थान इङ्ल्यान्ड र अमेरिकाका युनिवर्सिटीले पाएका छन् । जर्मनीको एलएमयू, म्यूनिख ३२ औँ स्थानमा, अस्ट्रेलियाको ‘युनिभर्सिटी अफ मेलबर्न’ ३३ औँ स्थानमा छन् ।

३५ औँ नम्बरमा पुनः एशियाको प्रवेश भएको छ,’यूनिभर्सिटी अफ हङकङले’ ले ३५ औँ स्थान, ‘युनिभर्सिटी अफ टोकियो’ ले ३६ औँ स्थान पाएका छन्। दक्षिण कोरियाको ‘सियोल युनिभर्सिटी’ ले ६४ औँ स्थान र चीनको ‘युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी’ ले ८० औँ स्थान हासिल गरेका छन्।

र्यान्किङ लिस्टमा भारतको प्रवेश भने ३१३ औँ स्थानमा भएको छ । ‘इन्डियन इन्स्टिट्यूट अफ साइन्स’ ले ३१३ औँ स्थान हासिल गरेको छ। यसैगरी ‘इन्डियन इन्स्टिट्यूट अफ टेक्नोलोजी’ ले ३१४ औँ स्थान’, बनारस हिन्दु यूनिभर्सिटी’ ले ६१३ औँ स्थान र भारतको बहुचर्चित ‘जवाहरलाल नेहरू यूनिभर्सिटी’ ले ६८० औँ स्थान पाएको छ।

नेपालको ‘त्रिभुवन यूनिवर्सिटी’ को नाम यस लिस्टमा १३६० औँ नम्बरमा छ । जम्मा १३९६ युनिभर्सिटी समावेश रहेको यस र्यान्किङ लिस्टमा ५६ पेज छन् जहाँ नेपालको त्रिभुवन युनिवर्सिटीको नाम ५५ औँ पेजको मध्यमा छ ।

 

विश्वका टप १५ युनिभर्सिटी यस बमोजिम छन् –
१. यूनिवर्सिटी अफ अक्सफोड, इङ्ग्लैंड
२. क्यालिफोर्निया इन्स्टिट्यूट अफ टेक्नोलोजी, अमेरिका
३. युनिभर्सिटी अफ क्याम्ब्रिज, इङ्ग्लैंड
४. स्ट्यान्डफोर्ड युनिभर्सिटी , अमेरिका
५. म्यासाचुसेट्स इन्स्टिट्यूट अफ टेक्नोलोजी,अमेरिका
६. प्रिंसटन युनिभर्सिटी,अमेरिका
७. हावर्ड युनिभर्सिटी, अमेरिका
८. येल युनिभर्सिटी, अमेरिका
९.युनिभर्सिटी अफ शिकागो, अमेरिका
१०. इम्पीरियल कलेज अफ लण्डन, इङ्ग्लैंड
११. युनिभर्सिटी अफ पेन्सलभानिया, अमेरिका
१२.जन हपकिन्स युनिभर्सिटी, अमेरिका
१३. युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कले, अमेरिका
१४.इटीएच ज्यूरिच, स्विजटरल्याण्ड
१५.यूसिएल – इङ्ल्यान्ड

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू