अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४२ | Colorodo: 16:57

कांग्रेसले राजा फर्काउन खोजेको भन्नेहरु मूर्ख – सभापति देउवा

बिआरटीनेपाल २०७६ भदौ २८ गते ७:२४ मा प्रकाशित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले राजा फर्काउन खोजेको भन्नेहरुलाई मूर्खको संज्ञा दिनुभएको छ । शनिबार दाङको तुलसीपुरमा आयोजित पत्रकार सम्मेलनमा कार्यक्रममा उहाँले पार्टीमा छलफल नै नभएको कुरामा कांग्रेसले राजा फर्काउन चाहेको छ भन्नु मूर्खता सिवाए केही नभएको स्पस्ट पार्नुभयो ।

कांग्रेसमा राजा फर्काउने विषयमा छलफल नै नभएको स्पष्ट पार्दै उहाँले राजा फर्कने कुनै संभावना नरहेको बताउनुभयो । जनजागरण अभियानको सफलता देखेर अत्तालिएका कम्युनिस्टहरूले बाँकेमा कांग्रेसको कार्यक्रममा आक्रमण गरेर आफ्नो चरित्र उदांगो पारेको सभापति देउवाको भनाई थियो । सभापति देउवाले भ्रष्टाचारको पोल खुल्ने डरले अत्तालिएकै कारण कांग्रेस कार्यकर्तामाथि आक्रमण भएको जिकिर गर्नुभयो । उहाँले दोषीमाथि कारबाही नहुँदासम्म कांग्रेस चुप लागेर नबस्ने चेतावनीसमेत दिनुभएको छ ।

प्रहरीको पछिल्लो कार्यको प्रशंसा गर्दै सभापति देउवाले गृहमन्त्री रामबहादुर थापाका भाइलाई पक्राउ गरी अनुसन्धान गर्दा प्रहरी डराउन नहुने बताउनुभयो । ‘वाइडबडी’ जहाज प्रकरणमा आफ्नो संलग्नता छ भन्नु आफैंमा मजाग हुने देउवाको टिप्पणी थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू