अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४९ | Colorodo: 19:04

सिद्धबाबामा फेरि पहिरो, सिद्धार्थ राजमार्ग अवरुद्ध

बिआरटीनेपाल २०७६ भदौ २८ गते १:१५ मा प्रकाशित

बुटवल–बुटवल पाल्पा सडक खण्ड अन्तरगत पर्ने सिद्धबाबा मन्दिर नजिकै पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । शनिबार बिहान सवा ९ बजे माथिबाट खसेको पहिरोका कारण पाल्पा, गुल्मी अर्घाखाँची, पोखरा बाग्लुङ जाने गाडी बुटवलमा रोकिएका छन् ।

त्यस्तै बुटवल जाँदै गरेका गाडी पाल्पाको दोभारमा रोकिएका छन् । अहिले यस क्षेत्रमा भीषण वर्षा भइरहेको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख भीमलाल भट्टराईले पाल्पाको टोलीसँग समन्वय गरेर सडक खुुलाउने प्रयास भइरहेको जानकारी दिनुभएको छ ।

शुक्रबार सोही ठाउँमा खसेको पहिराले दुई वटा गाडी पुरिँदा १ जनाको मृत्यु भएको थियो भने, ४ जना गम्भीर घाइते भएका छन् । भारी वर्षा भइरहेकोले समेत भएर हिड्न यात्रुहरुलाई प्रहरीले आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू