अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०४ | Colorodo: 00:19

बहमासमा पुनः अर्को आँधी आउने

बिआरटीनेपाल २०७६ भदौ २८ गते १:१३ मा प्रकाशित

क्यारेबियन राष्ट्र बहमासमा नयाँ समुद्री तुफानले जनजीवन प्रभावित हुने देखिएको छ । दुई हप्ताअघिको डोरियन समुद्री आँधीका कारण जनधनको क्षति भएको बहमासमा नयाँ समुद्री आँधीको जोखिम बढेको हो । ट्रपिकल डिप्रेसन नाइन नाम गरेको चक्रवाद दुई दिनभित्र बहमासमा सक्रिय रुपमा पुग्ने देखिएको छ । यसका कारण हाल ठूलो पानी परेको छ भने तीव्र गतिमा हावा चलेको छ ।

डोरियन आँधीका कारण झण्डै १३ सय जना अझै बेपत्ता छन् । कम्तिमा १५ हजार जनालाई आश्रयका लागि अस्थायी शिविरको खाँचो छ । डोरियन आँधीका कारण प्रभावित भएकाहरुको व्यवस्थापन गर्न समस्या भइरहेका बेला अर्को तुफानले गर्दा थप समस्या भएको हो ।

नयाँ तुफानका कारण आउने बाढीले गर्दा उद्धार तथा राहतको काममा अवरोध पुग्न सक्ने सरकारी अधिकारीले बताएका छन् । नयाँ तुफानका कारण १० सेन्टिमिटरसम्मको वर्षा हुने र ४५ किलोमिटर प्रतिघण्टाको गतिमा हावा चल्न सक्ने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू